काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित देशका २० वटा जिल्ला कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् ।
२० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको छ ।
रेड जोनमा पर्नेमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत छन् ।
शनिबारसम्मको तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ भने संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।
हाल काठमाडौं उपत्यकामा नौ हजार २७८ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ ।










