आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको छ । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न सकेको थिएन । नुवाकोट सिसडोल बन्चरे क्षेत्रका स्थानीय फोहोरको अवरोध हटाउन सहमत भएपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।
काठमाडौं महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीसहित सिसडोल बन्चरे क्षेत्रका स्थानीयबीच हिजो भएको वार्ताबाट १४ बुँदे सहमति जुटेको थियो ।सहमती जुटेपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।








