मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोजगारिमा इजरायल जानेको भाषा परीक्षा आज हुँदै



इजरेल रोजगारीमा जान चाहने नेपालीहरुको लागि भाषा परीक्षा सोमबार हुँदैछ । इजरेलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरेको छ । जस अनुसार सोमबार भाषा परीक्षा हुन लागेको हो ।

जसका कारण एक हजारको कोटा भए पनि सात हजारले परीक्षा दिन लागेका छन् । जसमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।परीक्षाका लागि नौ हजारले आवेदन दिएका थिए । तर दुई हजार आवेदन मापदण्ड नपुगेको भन्दै अस्वीकृत भएका थिए ।

भाषा परीक्षाका लागि काठमाडौका ११ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । सोमबार दिउँसो १ बजे भाषा परीक्षा शुरु हुनेछ । भाषा परीक्षा शुरु हुनु तीन घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ ।विभागले भाषा परीक्षाको नतिजा दुई दिनभित्रै कम्युटरको माध्यमबाट परीक्षण गरी सार्वजनिक गर्ने बताएको छ ।भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : १४ बजे