नेपाली बजारमा ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ। यसअघि प्रतिकिलो ३२० रुपैयाँमा बिक्री हुने मासु घटेर प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको जनाएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो २३० रुपैयाँ थियो।
संघका अनुसार हाल दैनिक ४ लाख किलो ब्रोइलर कुखुराको मासुको खपत भइरहेको छ।








