रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहाना रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६–७ सय मिटर तल खसेको हो । प्रहरीले घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ ।

प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जि दुर्घटना मृत्यु हुनेहरुमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको पहिचान खुलेको छ भने अर्का एक जनाको भने पहिचान नखुलेको बताए ।

घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भदौ ३१, २०७८ बिहिबार  १२ : ५९ बजे