बिहिबार थप १,५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु



पछिल्लो २४ घण्टा देशभर १५११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहिबार देशभर १५ हजार १ सय ७९ जनाको परिक्षणमा १५११ जनामा संक्रमण पुष्टि भएको हो ।

११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार  ४ : ५३ बजे