मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ देखि खुल्ने



बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । बुद्धभूमिको आईपीओ १० देखि ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४।९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट २३।८ करोड रुपैयाँ रहेको छ । समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : ३३ बजे