मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?



आज  नेपाली बजारमा सुनको मूल्य प्रतितोला  बढेको छ ।आज रु २०० ले बढेर सुनको कारोबार भइरहेको छ छापावाल सुन साताको अन्तिम दिन शुक्रबार प्रतितोला रु ८९ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ८०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ३५० कायम गरिएको छ जुन शुक्रबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रको तुलनामा आज प्रतितोला रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ५९ बजे