सुनको मूल्यले बनायो रेकर्ड



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ ।

बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।

यस्तै अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एकहजार ८०५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १२ : ०२ बजे