काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्य एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यसतै चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।














