नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा आज भएको निर्वाचनमा निलकाजी शाक्य विजयी भएका छन्।
सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्चितलाई पराजित गर्दै शाक्य दुईतिहाई मतान्तरले सभापतिमा निर्वाचित भएका हुन्।
त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन्।








