नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
नेता नेपालाले केही दिन भेटघाट छोडेर चिकित्सकको सल्लाह अनुसार घरमै आराम गर्ने उनको निजी सचिवालयले जानकारी दिएको छ ।
उनी स्वास्थ्यमा समस्या देखिएपछी असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।








