मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार झण्डै सात अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै



सोमबार पनि नेप्से   घटेको छ । आज नेप्से छ दसमलव ६८ अंकले घटेर २५ सय ७० दसमलव ८१ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव २८ अंकले घटेर चार सय ८४ दसमलव ९८ अंकमा झरेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको ४८ हजार दुई सय ३६ पटकको कारोवारमा ७६ लाख ५३ हजार दुई सय २० कित्ता सेयर किनबेच हुंदा आज कुल कारोवार रकम तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ८८ अंकले घटेर १८ सय ३६ दसमलव ५७ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेकाछन । लघुबित्त, जीवन बीमा होटल तथा पर्यटन र अन्य समुहको सुचक भने बढेकाछन ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ५५ बजे