प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ कार्यसुची



प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

सचिवालयको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६–७७ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  १० : ५५ बजे