जसपालाई भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय, उपेन्द्र यादवलाई मन्त्री छान्ने जिम्मा



जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।अध्यक्ष उपेन्द्र यादवले मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराए।

बैठकपछी उक्त पार्टीका नेता राजकिशोर  यादबले भने ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ । त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो। हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो। त्यो चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो’, नेता यादवले भने, ‘मन्त्रालय जम्मा ४ वटा छ। सबैलाई मन्त्री बनाउन त सकिदैन । त्यसैले अब तपाईहरुले आफ्नो आफ्नो कुरा राख्नुस्। कसरी लादा राम्रो हुन्छ ? भन्ने कुरा भयो । पार्टीले पनि अव मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होईन भनेको छ।’

सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रीपरिषदले पूर्णता पाउनेछ ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ६ : २१ बजे