मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यले सार्बजनिक गरे घोषणापत्र



गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्‍याउने घोषणा गरेका छन् ।

असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतामा प्रवासमा लाखौं नेपालीहरू रहेको भए पनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ । उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्‍याउने र एनसीसीहरुको संख्या पनि एक सय पुर्‍याउने बताए ।

हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ । ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, २० वटा एनसीसी हाल निष्कृय रहेका छन् ।

‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । ‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु’ आचार्यले भने ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ५८ बजे