यो बर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने



नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ती जारी गरेर यस बर्ष चियापान नगर्ने जानकारी गराएका हुन ।

सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै कांग्रेसले यो बर्ष चियापान नगर्ने भएको बिज्ञप्तिमा जनाइएको छ ।

आधुनिक नेपालको जग हाल्ने कांग्रेस संस्थापक नेता बिपी कोइरालाले सामाजिक सद्भाब र हार्दिकताकालागी चाडपर्बहरुको शुभकामना आदान-प्रदानसहित   शुरु गरेको चियापानलाई कांग्रेसले  निरन्तरता दिदै आएकोमा यो बर्ष कोरोना सङ्क्रमणका कारण स्थगित गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : आश्विन २१, २०७८ बिहिबार  ४ : ४० बजे