मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहार लगत्तै रोकिएको महाधिवेशनको प्रक्रिया सुरु हुन्छः महामन्त्री कोईराला



नेपाली काङ्ग्रेसका महामन्त्री डा . शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन । आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन ।

उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको कोइरालाले जानकारी दिए । उनले भने, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा । शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफु बलियो उम्मेदवार रहेको बताए ।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने कोइरालाको भनाई थियो । कोइरालाले भने, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  २ : ०४ बजे