मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र जर्मन चान्सलर मार्केलबीच फोनवार्ता



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ । उनिहरुका बीचमा युक्रेनका विषयमा कुराकानी भएको रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो फोनवार्ताका क्रममा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको हिंसाको अन्त्यका लागि कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनका कतिपय स्थानमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । युक्रेनको हिंसा रोक्नका लागि भन्दै सन् २०१५ मा मिन्स्क सम्झौताका भएको थियो । तर सो सम्झौतापछि पनि हिंसा रोकिएको छैन । यहाँ पछिल्ला केही समयमा द्धन्द्ध चर्किएको छ । यसबाट कैयौँ नागरिक विस्थापित पनि भएका छन् ।

पछिल्ला दिनहरुको सो आन्तरिक द्धन्द्ध रोक्नका लागि भन्दै उहाँहरुबीचमा आवश्यक छलफल र परामर्श भएको बताइएको छ । साथै रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा अरु पनि कतिपय अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : ५० बजे