प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका



प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसहित दसैँको टीका ग्रहण गरेका छन् । विजयादशमीका दिन आज बिहान १० : ०२ बजेको शुभ साइतमा । प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् ।

टीका ग्रहणसगै प्रधानमन्त्री देउवाले श्रीमती आरजु राणा देउवा, प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, छोरा जयविरसिंह देउवासहितको तस्बिर सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए ।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाएनन । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७८ शुक्रबार  १२ : २६ बजे