कांग्रेस नेता रामनाथ अधिकारीलाई मातृशोक



नेपाली कांग्रेस धादिङका पूर्वसभापति तथा पूर्वसांसद रामनाथ अधिकारीलाई मातृशोक परेको छ । नेता अधिकारीकारी आमा टीकादेवी अधिकारीको ८१ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको हो । टीकादेवीका एक छोरा र ४ छोरी छन् ।

नेपाली कांग्रेस धादिङले टीकादेवीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति रमेशप्रसाद धमलाले टीकादेवी पार्टीका पूर्वसभापति अधिकारीकी मात्रै नभइ सिंगो कांग्रेसीजनकी आमा भएकाले सम्पूर्ण कांग्रेसीहरु मर्माहत एवं स्तव्ध भएको जनाएका छन् ।

उनले अधिकारी परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : आश्विन २९, २०७८ शुक्रबार  १२ : ३८ बजे