महाकाली नदीको जलस्तर शताब्दिकै उच्च बिन्दुमा : कञ्चनपुर खतरामा



बर्षापछिको बाढिका कारण महाकाली नदीमा पानीको  बहावले अहिलेसम्मका सबै रेकर्ड तोडेको छ ।निरन्तर रूपमा परिरहेको वर्षाका कारण महाकाली नदीको जलस्तर झन्डै एक शताब्दीकै उच्च पुगेको छ। सन् १९२९ मा निर्माण भएको ब्यारेजमा पानीको बहाब ९२ वर्षयताकै उच्च पुगेको हो। महाकाली नदीको बहाव मापन गर्न शुरु भएयताका सबै रेकर्डहरु तोडिएका हुन् ।जलस्तरको बहाव उच्च भएपछि शारदा ब्यारेजमा रातो बत्ति बालिएको छ । वनबसा पुल पैदल आवागमन बन्द गरिएको छ ।

अहिलेसम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा रातो बत्ती बालिएको छ। महाकाली नदी तटीय नेपाल र भारत दुवैतर्फ बस्ती डुबानमा परेसँगै त्रास छाएको छ।मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।

सन १९२३ मा ब्रिटिशको पालामा शुरु गरिएको महाकाली पुलको निर्माण ६ वर्षपछि १९२९ मा सम्पन्न भएको थियो । त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।

शारदा ब्यारेजको रेकर्ड अनुसार सन १९६६ मा ४,३७,०००,सन १९६९ मा ४,८०,५९६, सन १९७२ मा ४,९६,१००, सन २००८ मा ४,६१,७८८ र सन २०१३ मा ५,४४,४४७६ उच्च बहाव मापन गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार  ५ : २८ बजे