आर्यनलाई भेट्न पहिलो पटक जेलमा पुगे शाहरुख खान



बलिवूड अभिनेता शाहरुख खान लागु औषध मामलामा पक्राउ परी जेलमा बन्द आफ्ना छोरा आर्यन खानलाई भेट्न बिहिबार आर्यन थुनामा रहेको जेलामा पुगेका छन् । आर्यनको गिरफ्तारीपछि यो उनीहरुको पहिलो भेट हो ।

आर्थर रोड जेलमा रहेका आर्यनलाई भेट्न शाहरुख बिहीबार बिहान निकै कडा सुरक्षाबीच जेल पुगेका हुन् । उनि मिडियासँग उनी घेरिएका थिए ।

क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका बुधबार पुनः खारेज भयो ।आर्यनका वकिल अमित देसाई र सतिश मानशिन्दे न्यायाधीश नितिन साम्बरेको कोर्ट रुममा जमानतका लागि पुगे तर त्यतिबेलासम्म हाईकोर्टको बेन्च उठिसकेको थियो । अब यो सुनुवाई बिहिबार हुनेछ ।

प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहिबार  १० : २४ बजे