बलिवूड अभिनेता शाहरुख खान लागु औषध मामलामा पक्राउ परी जेलमा बन्द आफ्ना छोरा आर्यन खानलाई भेट्न बिहिबार आर्यन थुनामा रहेको जेलामा पुगेका छन् । आर्यनको गिरफ्तारीपछि यो उनीहरुको पहिलो भेट हो ।
आर्थर रोड जेलमा रहेका आर्यनलाई भेट्न शाहरुख बिहीबार बिहान निकै कडा सुरक्षाबीच जेल पुगेका हुन् । उनि मिडियासँग उनी घेरिएका थिए ।
क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका बुधबार पुनः खारेज भयो ।आर्यनका वकिल अमित देसाई र सतिश मानशिन्दे न्यायाधीश नितिन साम्बरेको कोर्ट रुममा जमानतका लागि पुगे तर त्यतिबेलासम्म हाईकोर्टको बेन्च उठिसकेको थियो । अब यो सुनुवाई बिहिबार हुनेछ ।








