आइतबार थप ५५७ जनामा संक्रमण पुष्टि, ३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन यससगै हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।

हाल नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ  ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  ५ : ५० बजे