मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन



दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो ।

पूर्व सेना प्रमुख समेत रहेका रोह सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए ।उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकारेका थिए । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता थिए । उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : १३ बजे