चीनबाट थप १० लाख डोज खोप काठमाण्डौ आइपुग्यो



१० लाख डोज कोरोनाविरूद्धको खोप चीनबाट नेपाल आइपुगेको छ।खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो।

स्वास्थ्य विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको बताए ।

सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थ्जियो । त्यसमध्येकै पहिलो लट खोप आएको रदोस्रो लटको खोप पनि छिट्टै नै आउने बताइएको छ

यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ।

प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार  १२ : ४२ बजे