सल्यान बस दुर्घटना : मृतकको संख्या नौ पुग्यो,अन्य थुप्रै घाइते



सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।आइतबार बिहान करिब ११ बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना२ख २५५२ नम्बरको बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको । बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बसमा ३० जना यात्रु सवार रहेको खुलेको बताए ।बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत गर्ने कार्य भैरहेको जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७८ आइतबार  २ : ३५ बजे