यस्तो छ आगामी तीन दिनको मौसम



नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै यो बीचमा पहाडी भूभागमा आंशिक बदलीबाहेक सामान्यतया मौसम सफा रहने उल्लेख गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २४ गते (बुधबार)

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २५ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

 

प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार  १० : १७ बजे