कानुन व्यवसायी आज थप आक्रामक बन्दैः जबरालाई सर्बाेच्च नै छिर्न नदिने



२६ कार्तिक,काठमाडौं । प्रधानान्यायाधीश चोलेद्रशमशेर जबराको राजनीनामा माग्दै आन्दोलत कानुन व्यवसायी आज थप आक्रामक बन्ने भएका छन् । नेपाल बार एसोसिएसनको अगुवाईमा आन्दोलित न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई आज सर्बाेच्च अदालत प्रबेशमा निषेध गर्ने भएका छन् । जसका लागी उनिहरु बिहान १० बजे सर्बाेच्चमा पुगेर जबरलाई मुलगेट बाटै छिर्न नदिने योजना बिहिबार नै सार्वजनीक गरेका थिए ।

शान्तिपूर्ण आन्दोलनमा बिहीबार प्रहरीले बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताएकी छिन् ।

कानून व्यवसायीहरु सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने मूलगेटमा धर्ना बस्ने भएका छन् । तर सर्वोच्च अदालतले थप सुरक्षा बल मगाई कडाइ गरेकाले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । प्रहरीले बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने योजना बनाएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए । कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो । साथै प्रहरी दमका बिरुद्ध न्यायाधीशहरुले आज बन्दीप्रत्यक्षीकरणको मुद्धा समेत नहेर्ने भएका छन् ।

प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार  ९ : १३ बजे