बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ



कात्तिक २६,काठमाडौं – नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्न सर्वोच्च परिसरमा पुगेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुन व्यवसायीको विरोध गर्दै प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष छन् ।

प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार  १० : ५० बजे