मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलारुसमा फसेका आप्रवासीहरूको बारेमा विश्व स्वास्थ्य सङ्गठन चिन्तित



कार्तिक २६ काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठनले युरोपेली सङ्घसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

हामी “सबै राज्यहरूलाई बेलारूसी सिमानामा शरणार्थी र आप्रवासीहरूको स्वास्थ्यको अधिकारको रक्षा गर्न आग्रह गर्दछौँ, जसमध्ये धेरैलाई चिकित्सा सहायता चाहिएको छ,” विस्वासं युरोपका निर्देशक हान्स क्लुगेले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “म जाडो नजिकिँदै पोल्याण्ड, लाटभिया र लिथुआनियासँगको बेलारुसको सिमानामा र दशगजामा फसेका हजारौँ कमजोर मानिसहरूको बारेमा धेरै चिन्तित छु ।”

सयौँ आप्रवासीहरू मुख्यतया कुर्दहरू, बेलारूसी–पोलिश सिमाना नजिकै चिसो मौसममा केही दिनदेखि अड्किएका छन् । यस क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भएको छ

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : २३ बजे