यथाशिघ्र संसद बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग



काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशिघ्र संसद बैठक आह्वान गर्न माग गरेका छन् ।

सोमवार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको यस्तो माग गर्ने निर्णय गरेको नेपाली काँग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा विचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्रसङ्गलगायत विषयमा संसदमा गम्भीर छलफल आवश्यक रहेको भन्दै यथाशिघ्र संसद आह्वान गर्न माग गरिएको बताए ।

विभिन्न विषयमा बाहिर चर्चा परिचर्चा गर्नुभन्दा संसद्मै संस्थागत रूपमा छलफल गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने आङ्देम्बेको भनाइ छ। संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत मात्रै राज्य सञ्चालनका विषय अघि बढाउँदा संसद्को गरिमा र अपरिहार्यतामाथि प्रश्न उठ्न सक्ने उनले बताए।

प्रकाशित मिति : कार्तिक १६, २०८३ सोमबार  ६ : ३० बजे