रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु



रौतहट, २८ कात्तिक । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट युके१२सी २९०० कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७८ आइतबार  ८ : ५९ बजे