२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् ।कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् । नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल आज भने प्रहरीको नियन्त्रणमा छ ।








