मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाभित्र सेक्स स्पटका कारण कुरूप बनेको युरोपको एउटा टापु



२९ कात्तिक बार्सिलोना। पर्यटन क्षेत्र प्रायः देशका लागि अर्थतन्त्रको मेरुदन्ड हो । जुन देशले जति विदेशी पर्यटक आकर्षित गर्न सक्छ त्यति नै विदेशी मुद्रा त्यो देशले आर्जन गर्न सक्छ । पर्यटन क्षेत्रबाट फाइदा मात्र होइन, यसले नकरात्मक असर पनि गर्छ । जस्तैः पर्यटकहरूको बढ्दो गतिविधिले विश्व प्रसिद्ध स्थलहरु दिनहुँ जोखिममा परेका छन् । पर्यटकीय भिडका कारण केही स्थानको मौलिकता गुमेको छ । त्यसको ज्वलन्त उदाहरण युरोपको एउटा टापु बनेको छ । पयर्टकहरुको यौन क्रिडास्थल बनेपछि युरोपको एउटा आरक्षण र तटीय किनारा कुरूप बनेको छ ।

स्पेनको टापु ग्रान क्यानरिअमा रहेको डुनास डी मासपालोमास आरक्षण क्षेत्र पर्यटकहरुकै कारण विनाश हुँदैछ । वालुवाको ढिस्काका लागि प्रख्यात सो क्षेत्रलाई सन् १९८२ देखि संरक्षण गरिएको थियो । केही वर्षअघिसम्म अफ्रिका र युरोपबाट त्यहाँ ठूलो संख्यामा चराचुरुङ्गी बसाइँ सरेर आउथे ।

जर्नल अफ इनभाइरोमेन्टल म्यानेजमेन्टमा प्रकाशित एउटा अध्ययनअनुसार सो टापुको तटीय किनार प्रदूषित हुनुमा यौन सम्पर्कका गतिविधि जिम्मेवार छ । अनुसन्धानकर्ताहरूले तट वरपर २९८ ‘सेक्स स्पट’ फेला पारेका थिए । प्रायः सेक्स स्पट झाडी र वनस्पतियुक्त क्षेत्रमा भेटिएका थिए ।

बालुवाभित्र सेक्स स्पट
पर्यटकहरुको बढ्दो गतिविधिले दुर्लभ वनस्पति र विरुवाको विनाश भएको छ । पर्यटकहरुले झाडीका विरुवालाई अस्थायी बार बनाएर लुक्ने स्थान बनाएका थिए ।
चुरोट, कन्डम, ट्वाईलेट पेपर, वाइप र क्यानका कारण स्थल दुर्गन्धित बनेको छ । बालुवाको थुप्रोलाई उनीहरुले शौचालयको रुपमासमेत प्रयोग गरेका छन् । अनुसन्धानकर्ताहरुले पर्यटकहरुले दिशा पिसाब गर्ने स्थल पहिचान गरेका छन् ।

अनुसन्धानकर्ताहरुले अधिकांश सेक्स स्पोटमा फोहर सामाग्री फेला पारेका थिए । आरक्षण क्षेत्रभित्र राखिएका फोहर फाल्ने झोला भरिएका थिए ।

सर्वसाधरणलाई जान प्रतिबन्ध लगाइएका क्षेत्रमासमेत ५६ ओटा सेक्स स्पट भेटिएका थिए । पर्यटकहरुका गतिविधिका कारण आरक्षण क्षेत्रमा वातावरण शिक्षा पनि लागू हुन सकेको थिएन् । सुरुमा वातावरणमैत्री शिक्षा प्रदान गर्ने उदेश्यले सो आरक्षण खडा गरिएको थियो ।

आनन्द लुट्न आरक्षण क्षेत्रभित्र पसेका पर्यटकहरुले छोडेको कन्डमहरु खाएकै कारण एउटा छेपारोको मृत्यु भएको अनुसन्धान टोलीका लेखक प्याट्रिक हेस्प बताउँछन् ।

हरेक वर्ष १ करोड ४० लाख पर्यटक पुग्ने ग्रान क्यानरिया समलिंगीमैत्री पर्यटकीय गन्तव्य हो । अमेरिका, वेलायत र जर्मनीका अधिकांश पयर्टक त्यहाँ पुग्छन् । तटीय वालुवाका थुप्रा सामुद्रिक तटको अपरिहार्य अंश हो । तर, सो क्षेत्रलाई विश्वभरका पर्यटकहरुलाई आकर्षणका लागि प्रयोग गरिएको छ । पयर्टकहरुको बढ्दो गतिविधिले विनाशकारी परिणाम ल्याउने विज्ञहरु बताउँछन् । त्यहाँको विनाश धेरै हदसम्म पर्यटन विकासको परिणामसँग सम्बन्धित भएको उनीहरू बताउँछन् ।

अनुसन्धानकर्ता हेस्प लेख्छन्, ‘सेक्सका लागि प्रयोग हुने सार्वजनिक स्थल बन्द गर्न आह्वान गर्दैनौं । तर, यसले पु¥याउने क्षतिप्रति सर्वसाधारणको ध्यान जाओस भन्ने चाहन्छौं ।’ अनुसन्धान पत्रमा भनिएको छ, ‘एउटा जोडीले सो क्षेत्रमा यौन सम्पर्क गर्नु सामान्य कुरा हो । तर सयांै मानिस एउटै क्षेत्रमा एउटै प्रयोजनका लागि जानु पर्यावरणका दृष्टिले घातक छ । ’

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : ४१ बजे