३ मंसिर धनुषा । धनुषामा नेपाली कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको छ ।
पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो ।
मंसिर १ गतेको सूचनाअनुसार पालिकास्तरीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।














