बदली कहिले हट्छ ? मौसमविद्को जवाफ



 ४ मंसिर काठमाडौं। तीन दिनयता काठमाडौं उपत्यकासहित देशभर घमाइलो घाम लाग्न सकेको छैन । अबर सागरमा बनेको निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेको हो । यसले चिसो मात्र बढाएको छैन, प्रदूषण पनि बढाएको छ । छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन ।

अब कहिलेबाट मौसममा सुधार हुन्छ रु न्युज कारखानाले मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोधेको छ ।

जवाफमा उनले भनिन्, निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिन्छ, भोलिबाट मौसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्को सिस्टम नआउला भन्न सकिँदैन ।

हिउँदयाममा बदली, तुवाँलोको समस्या बढ्दै जाने उनले बताइन् ।

बिहान काठमाडौं उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन महाशाखाले गरेको छ । ुप्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ, उनले भनिनन्,  तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  ८ : ४५ बजे