कस्तो छ आजको मौसम ? उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको आँकलन



काठमाडौं, ७ मंसिर । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  ८ : ५६ बजे