कांग्रेस महाधिवेशन: डोटीमा सभापतिका लागि पुनः मतदान हुँदै



८  मंसिर डोटी । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ ।

मंगलवार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।

जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मंगलवार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ११ : ४१ बजे