अहिले देशको बजेट समस्याग्रस्त छः अर्थमन्त्री शर्मा



अर्थमन्त्री जनार्दन शर्माले देशमा बजेटको अवस्था अहिले नाजुक रहेको बताएका छन् ।आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका हुन् ।

राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको अर्थमन्त्री शर्माले बताएका छन् ।उनले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए ।नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको अर्थमन्त्री शर्माले् बताएका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  १२ : १४ बजे