आज देशका उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना



काठमाडौं, ९ मंसिर । आज मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहनेछ । शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहिबार  ७ : ५१ बजे