भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडानहरु क्रमस खुल्न थालेका छन् । अहिले विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा जनकपुर लगायत ठाउँमा उडान सुरु भैसकेको छ ।
तुवाँलो लागेका कारण बिहान केहि उडान बन्द भएका थिए । यी क्षेत्रमा बन्द भएका उडान तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको छ । यता तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन । हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका छन् ।








