एनआईसी एशिया बैंकले पायो सुचना  सुरक्षाको आइएसओ प्रमाणपत्र



एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको  सुचना  सुरक्षाको प्रत्याभूति गराउने ISO 27001: 2013 मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।  यो उपाधिले अझ सुरक्षित रुपमा ग्राहक हरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न ग्राहकको बिस्वसनियतामा अझै हौसला बढेको समेत बैकले बताएको छ ।सुचना  सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई उक्त प्रमाण पत्र दिइएको समेत बैंकले साथै बैंकले बताएको छ ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको र प्रमुख वित्तीय परिसूचकहरू पनि उत्साहप्रद रहेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  ४ : ०२ बजे