मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सुर्खेतको सभापतिमा १० भन्दा बढी आकांक्षी, को बन्ला सभापती ?



नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिका लागि आकांक्षी धेरै देखिएका छन् । जिल्ला सभापतिका लागि मात्र १० भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन् ।जिल्ला सभापतिका लागि कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, टोपबहादुर रावत नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा सभापतिका आकांक्षी छन ।

बुढा यसअघि १३औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी हुन। देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाका मेयर हुन। यस्तै गरी शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भोगि सकेका छन । यसअघि भएका वडा, नगर र क्षेत्रका अधिवेशनमा संस्थापन समूहले जितेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ४७ बजे