मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सर्लाहीका १७० वडामा अधिवेशन सम्पन्न, अधिकांशमा सर्वसहमति



सर्लाहीका एक सय ७० वडामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । अधिकांशमा सर्वसहमतिमा नेतृत्व चयन भएको कांग्रेस सर्लाहीले जनाएको छ । दुई सय वडामध्ये आइतबार एक सय ७० वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । निर्वाचन अधिकृत राउतका अनुसार एकाध स्थानबाहेक सबै वडामा अधिवेशन शान्तिपूर्णा ढंगले सम्पन्न भएको छ । सर्वसहमत अधिवेशन हुन नसकेको ३० स्थानमा सोमवार मतदान सुरु भएको छ ।

आधादर्जन स्थानमा भने कांग्रेसको संस्थापन र इतर पक्षबीच विवाद भएपछि अधिवेशन स्थगित गरिएको थियो । केही स्थानमा निर्वाचन सुरु गर्न नभ्याइएकोले सोमबारको लागि तय गरेका उनको भनाइ छ । निर्वाचन अधिकृत राउतका अनुसार केही वडामा सर्वसहमतिको अवस्था नबनेपछि आइतबार नै मतदानबाट टुंगो लगाइएको छ । आइतबार स्थगित गरिएका तथा विवाद भएका सबै स्थानमा सोमबार निर्वाचन सुरु गरिएको छ । यस पटक पनि समस्या देखिए त्यस्ता वडामा अधिवेशन नगराइने उनको भनाइ छ । सर्लाहीमा नेपाली कांग्रेसका संस्थापन र इतर समूहबीचको विवादका कारण अधिवेशन अन्योलमा परेको थियो भने, अधिवेशन गराउन खटाइएका दुई निर्वाचन अधिकृतहरूले राजीनामा बुझाएर फर्किएका थिए ।

पटक पटकको छलफलपश्चात सर्लाहीमा कांग्रेसको अधिवेशन गर्न तेस्रो पटकमा सहमति बनेको हो । सोही सहमतिअनुसार प्रकृया अगाडि बढेको कांग्रेस सर्लाहीले जनाएको छ । यस्तै, प्रदेश २ अर्थात प्रदेश स्तरीय अधिवेशन सरे १४ मंसिरमा पालिका स्तरीय अधिवेशन गर्ने र नसरेमा पालिका स्तरीय अधिवेशन स्थगित गरी, प्रदेश सभा स्तरीय अधिवेशन गर्ने, १५ मंसिरमा क्षेत्रीय अधिवेशन गर्ने र १७ मंसिरमा जिल्ला अधिवेशन गर्ने सहमति भएको छ।

आइतबार बलरा नगरपालिकास्थित वडा नम्बर ८ र ९ मा कांग्रेसका दुई पक्षबीच विवाद भएपछि अधिवेशन स्थगित भएको थियो । बलरा नगरपालिका–८ अचलगडमा विवाद हुँदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सि‌ंहका निजी सुरक्षागार्डले गोली चलाएका थिए । सोही क्रममा मन्त्रीका निजी सुरक्षागार्ड र अर्का एक सहयोगी घाईतेसमेत भएका थिए । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अम्रेस सि‌ंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहबीच कडा टक्राव रहदै आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ३३ बजे