त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।
यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए । तर, सो सुविधाको दुरुपयोग गरेको भेटिएपछि भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।








