मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय सदस्यमा रविप्रकाश राईको उम्मेदवारी घोषणा



खोटाङका कांग्रेस नेता रविप्रकाश राईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट संघीय महाधिबेशन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्ने गरी जिल्ला सभापतिको दौडबाट ‘व्याक’ भएका थिए । नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका राई २०७० सालको संविधानसभा सदस्यका उम्मेदवार पनि हुन् । हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ५९ बजे