कांग्रेस महाधिवेशनमा पदाधिकारी चयन गर्नका लागि भन्दै बसेको कांग्रेसको संस्थापनपक्षको बैठक सकिएको छ। आज बिहान साढे १० बजेबाट सुरु बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो बैठकले पदाधिकारीमा उम्मेदवारको टुंगो भने लगाउन सकेन। बैठकमा पदाधिकारीमा आकांक्षा राख्नेहरुको नाम टिपोट गर्ने कार्य मात्र भएको बैठकपछि नेता एनपी साउदले जानकारी दिए।
साथै साउदले अर्को बैठकको टुंगो भने नलागेको जानकारी दिए। बैठकमा संस्थापनपक्षबाट पदाधिकारी हरुमा सोचेभन्दा बढी आकांक्षी भएपछि उम्मेदवार चयन गर्न सकस परेको हो। संस्थापन पक्षबाट महामन्त्रीमा डा प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउद लगायतले दाबी गरेका थिए। कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ।








