कांग्रेस महाधिवेशन : मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता 



नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार दलित कलस्टरबाट उम्मेदवारी दिएका उनले आइतबार फिर्ता लिएका हुन् ।  कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र मध्यान्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार  ११ : १४ बजे